सेयर बजार दोहोरो अङ्कले बढ्यो, साढे तीन अर्बको कारोबार - Chaitanya News
  • 2026-04-30
  • 23:19:24
  • बिहिबार,बैशाख १७, २०८३
  • सेयर बजार दोहोरो अङ्कले बढ्यो, साढे तीन अर्बको कारोबार

    सेयर बजार दोहोरो अङ्कले बढ्यो, साढे तीन अर्बको कारोबार

    काठमाडौं – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ। आज शेयर बजार परिसूचक नेप्से १० दशमलव ३७ अङ्कले बढेर दुई हजार १८३ दशमलव ६२ अङ्कमा पुगेको छ।

    आज बैंक, फाइनान्स र अन्य समूह बाहेक सबै समूहको शेयर बढ्दा बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ।

    दुई सय ६१ वटा कम्पनीका ९५ लाख कित्ता शेयर तीन अर्ब ४६ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धरै नेशनल हाइड्रोपावरको १० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो।

    आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, आदर्श लघुवित्त, सानिमा जिआइसी इन्स्युरेन्स र सूर्यज्योली लाइफ इन्स्युरेन्सको शेयर १० प्रतिशतले बढेको छ।

    समग्रमा बजार बढे पनि आरुबीबी म्यूचुअल फण्डको शेयर पाँच प्रतिशत भन्दा धेरै र जानकी फाइनान्स तथा पिपुल्स हाइड्रोको शेयर तीन प्रतिशत भन्दा धेरैले घटेको छ।