नेपालगञ्जको भेरी अस्पतालमा दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने - Chaitanya News
  • 2026-05-02
  • 13:29:47
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालगञ्जको भेरी अस्पतालमा दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने

    नेपालगञ्जको भेरी अस्पतालमा दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने

    काठमाडौं– नेपालगञ्जको भेरी अस्पतालमा दैनिक १८ जना मृगौला रोगीको नि:शुल्क डायलाइसिस हुने भएको छ।

    अस्पतालले यसभन्दा अगाडि तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिदै आएको थियो।

    अब ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गरेका छन्।

    त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ। थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

    सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उदेश्यसहित डायलाइसिस सेवालाई विस्तार गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईंले बताए।