चक्रवातको असर घट्दै, देशभर वर्षा र हिमपातको सम्भावना न्यून - Chaitanya News
  • 2026-11-01
  • 09:32:53
  • आइतबार,कार्तिक १६, २०८३
  • चक्रवातको असर घट्दै, देशभर वर्षा र हिमपातको सम्भावना न्यून

    चक्रवातको असर घट्दै, देशभर वर्षा र हिमपातको सम्भावना न्यून

    काठमाडौँ– अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसममा क्रमिक सुधार आउने भएको छ। पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान छ। हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै, आज राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

    यसैबीच तराई, उपत्यका तथा खोँचमा बिहानीपख केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।