सरकारद्वारा एनप्याब्सन निलम्बित - Chaitanya News
  • 2026-10-30
  • 17:13:46
  • शुक्रबार,कार्तिक १४, २०८३
  • सरकारद्वारा एनप्याब्सन निलम्बित

    सरकारद्वारा एनप्याब्सन निलम्बित

    काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।

    गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम अर्को निर्णय नभएसम्मका लागि एनप्याब्सनलाई निलम्बन गरेको हो।

    मन्त्रालयका अनुसार एनप्याब्सनले गृह मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक पालना नगरेपछि निलम्बनको निर्णय गरिएको हो।

    त्यसैगरी, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले जारी गरेको सूचनामा ऐनको व्यवस्थाअनुसार संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको उल्लेख छ।