मोइन अलीको अर्धशतकमा जनकपुर जिततर्फ - Chaitanya News
  • 2026-10-29
  • 16:43:54
  • बिहिबार,कार्तिक १३, २०८३
  • मोइन अलीको अर्धशतकमा जनकपुर जिततर्फ

    मोइन अलीको अर्धशतकमा जनकपुर जिततर्फ

    काठमाडौं– जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक प्रहार गर्दै टोलीलाई जिततर्फ अघि बढाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाजविरुद्ध जारी खेलमा मोइनले ४९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले आफ्नो इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे ।

    काठमाडौं गुर्खाजले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको जनकपुर मोइनको अर्धशतकसँगै जित नजिक पुगेको छ ।