मौसमको असर खेलमा, त्रिवि मैदानमा फ्लडलाइट अन - Chaitanya News
  • 2026-10-29
  • 16:43:50
  • बिहिबार,कार्तिक १३, २०८३
  • मौसमको असर खेलमा, त्रिवि मैदानमा फ्लडलाइट अन

    मौसमको असर खेलमा, त्रिवि मैदानमा फ्लडलाइट अन

    काठमाडौं– मौसम धुम्मिएपछि त्रिवि क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीचको खेल चलिरहँदा प्रकाश कम भएपछि फ्लडलाइट खोलिएको हो ।

    बिहानैदेखि मौसम धुम्मिएको काठमाडौंमा दिउँसो ३ बजेबाटै मैदानमा फ्लडलाइट बालिएको थियो । खेल सकिन केही समय बाँकी रहँदा प्राकृतिक प्रकाश कम भएपछि खेललाई निरन्तरता दिन फ्लडलाइटको सहारा लिइएको हो ।

    त्रिवि क्रिकेट मैदानमा जारी खेलका क्रममा मौसमको अवस्थाका कारण दिउँसै कृत्रिम प्रकाश प्रयोग गर्नुपरेको हो ।