धनगढीः धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका–१२ स्थित शिव तथा हनुमान मन्दिर धाममा ४४औँ हाइमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ।
मन्दिर धाममा जडान गरिएको हाइमास्ट लाइटको वडा नम्बर १२ का अध्यक्ष शेरबहादुर महराले उद्घाटन गरेका हुन्।
धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानमा हाइमास्ट लाइट जडान गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ। सोही कार्यक्रमअन्तर्गत वडा नम्बर १२ को शिव तथा हनुमान मन्दिर धाममा पनि हाइमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो।
धार्मिक गतिविधि हुने तथा स्थानीयको सार्वजनिक आवागमन हुने यस क्षेत्रमा हाइमास्ट लाइट सञ्चालनमा आएपछि रातिको समयमा आवागमन सहज हुनुका साथै सार्वजनिक गतिविधि सञ्चालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रलाई थप उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले ‘उज्यालो धनगढी’ कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।