चैतन्य टिचर्स’ फुटसलमा डिलाइटको टिम विजयी, नवीन गिरी बने म्यान अफ द म्याच - Chaitanya News
  • 2026-10-12
  • 12:43:29
  • सोमबार,आश्विन २६, २०८३
  • चैतन्य टिचर्स’ फुटसलमा डिलाइटको टिम विजयी, नवीन गिरी बने म्यान अफ द म्याच

    चैतन्य टिचर्स’ फुटसलमा डिलाइटको टिम विजयी, नवीन गिरी बने म्यान अफ द म्याच

    धनगढी- चैतन्य पाठशालाको आयोजनामा सञ्चालन भइरहेको चैतन्य इन्टर–स्कुल टिचर्स’ फुटसल टुर्नामेन्ट–२०८३ अन्तर्गत आज भएको खेलमा डिलाइटको टिमले ऐश्वर्या विद्या निकेतनको टिमलाई पराजित गर्दै जित हासिल गरेको छ।

    डिलाइट र ऐश्वर्या विद्या निकेतनबीच भएको उक्त खेलमा डिलाइट टिमले उत्कृष्ट प्रदर्शन गर्दै ऐश्वर्या विद्या निकेतनको विरुद्ध 10 गोल गर्दै जित आफ्नो पक्षमा पारेको हो। ऐश्वर्या निकेतनको टिमले २ गोल बनाउँदा डिलाइटले भने १० गोल बनाएको हो ।

    खेलमा उत्कृष्ट प्रदर्शन गर्ने डिलाइट टिमका नवीन गिरी म्यान अफ द म्याच घोषित भएका छन्। उनले खेलभरि उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै आफ्नो टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएका थिए।

    चैतन्य पाठशालाको आयोजनामा भइरहेको प्रतियोगिताले शिक्षकहरूबीच आपसी सद्भाव, भाइचारा, सहकार्य र खेलकुदको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।