काठमाडौँः नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छन्।
पार्टी मुख्यालय च्यासलमा जारी ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई शपथ गराएका हुन्।
पूर्वराष्ट्रपति भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टीको बैठकमा सहभागी भएकी हुन्।
स्थायी कमिटीको पहिलो बैठकमा सहभागी हुनुअघि अध्यक्ष ओलीले उनलाई पार्टीको वरिष्ठ नेताको हैसियतमा शपथ गराएका हुन्।