सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता ठेकन्द्रराज जोशीको राजीनामा स्वीकृत - Chaitanya News
  • 2026-10-08
  • 15:32:54
  • बिहिबार,आश्विन २२, २०८३
  • सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता ठेकन्द्रराज जोशीको राजीनामा स्वीकृत

    सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता ठेकन्द्रराज जोशीको राजीनामा स्वीकृत

    धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकन्द्रराज जोशीले दिएको राजीनामा स्वीकृत भएको छ।

    जोशीले नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए।

    मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले २०८१ साउन २८ गते जोशीलाई सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए।

    धनगढी उपमहानगरपालिका–२ निवासी जोशी यसअघि पनि मुख्यमन्त्री शाह पहिलोपटक मुख्यमन्त्री हुँदा मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका थिए। त्यतिबेला उनले करिब आठ महिना मुख्य न्यायाधिवक्ताका रूपमा काम गरेका थिए।