आजका लागि यस्तो छ तरकारी तथा फलफूलको मूल्य - Chaitanya News
  • 2026-06-14
  • 16:30:41
  • आइतबार,जेठ ३१, २०८३
  • आजका लागि यस्तो छ तरकारी तथा फलफूलको मूल्य

    आजका लागि यस्तो छ तरकारी तथा फलफूलको मूल्य

    काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि हरियो तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । बुधबार रातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

    सुन्तला १२० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ ।

    यस्तै कन्य च्याउ प्रतिकेजी १०० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० रुपैयाँ रहेको छ । ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ ।

    तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ८०, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ८० रुपैयाँ, सुकेको प्याज ४२, भिण्डी ९० रूपैयाँ, लौका ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनिया र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ ।