काठमाडौँ– सरकारले १७ जना सहसचिवको सरुवा तथा कामकाजमा हेरफेर गर्दै विभिन्न निकायमा नयाँ जिम्मेवारी तोकेको छ।
मन्त्रिपरिषद्को २०८३ असार १३ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरिएको हो।
सरकारको निर्णयसँगै १७ सहसचिवको कार्यक्षेत्र परिवर्तन भएको छ। सरुवा तथा कामकाजमा हेरफेर गरिएका सहसचिवहरूलाई सम्बन्धित निकायमा नयाँ जिम्मेवारी सम्हाल्न खटाइएको छ।
