काठमाडौँ– लुम्बिनी प्रदेशमा कार्यक्षमता मूल्यांकनका आधारमा सात जना कर्मचारी उपसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत बढुवा समितिको सचिवालयले प्रदेश प्रशासन सेवातर्फ सामान्य प्रशासन समूहका नवौँ तहका रिक्त पदमा बढुवाका लागि उनीहरूको नाम सिफारिस गरेको हो।
बढुवाका लागि सिफारिस हुनेमा मेघराज पौडेल, लोककुमार कार्की, नवीन श्रेष्ठ, सुरजकुमार चुदारा, उपज ज्ञवाली, आलोक अग्रहरी र प्रेमलाल रसाइली रहेका छन्।
कार्यसम्पादन तथा कार्यक्षमताका आधारमा गरिएको मूल्यांकनपछि समितिले सात जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो।
