आज सेयर बजारमा ९.६२ अङ्कको गिरावट, ४ अर्ब ६५ करोडको कारोबार - Chaitanya News
  • 2026-09-29
  • 16:29:41
  • मंगलबार,आश्विन १३, २०८३
  • आज सेयर बजारमा ९.६२ अङ्कको गिरावट, ४ अर्ब ६५ करोडको कारोबार

    आज सेयर बजारमा ९.६२ अङ्कको गिरावट, ४ अर्ब ६५ करोडको कारोबार

    काठमाडौँ– आज (मंगलबार) सेयर बजार (नेप्से परिसूचक) ९.६२ अङ्कले घटेर २६०३.७१ विन्दुमा बन्द भएको छ।

    कारोबार अवधिभर बजारमा उतारचढाव देखियो। सुरुवाती चरणमा केही समय बढेको बजार पछि ओरालो लाग्दै २५९० विन्दुको आसपास पुगेको थियो भने अन्तिम समयमा केही सम्हालिने प्रयास गरे पनि बजार राताम्मे भई बन्द भयो।

    आज अधिकांश उपसूचकहरूमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, र माइक्रोफाइनान्स समूहका सूचकहरू घटेका छन्।

    यसमध्ये म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहमा सबैभन्दा बढी ५४.५२ अङ्कको गिरावट देखिएको छ। यद्यपि, नन लाइफ इन्स्योरेन्स र अन्य समूह २.१९ अङ्क सूचकहरू भने सामान्य वृद्धि भएका छन्।

    दिनभरको कारोबारमा ६९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ। साथै, १० वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

    आजको बजारमा आईसीएफसी फाइनान्सको डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ९.१८ प्रतिशतले बढेको छ। त्यस्तै, कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीले २२ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थान ओगटेको छ।