कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलियो - Chaitanya News
  • 2026-09-26
  • 16:43:01
  • शनिबार,आश्विन १०, २०८३
  • कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलियो

    कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलियो

    काठमाडौं– कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ।

    अहिले ब्यारेज ‘रेड अलर्ट’ को अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ।

    यद्यपि अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक माथि बाढी मापन भएको थियो।

    ‘कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ। यद्यपि अघिल्ला वर्षहरूमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो,’ सीडीओ अर्यालले भने, ‘आत्तिनुपर्ने अवस्था चाहिँ छैन। तर, हामी अलर्टमा छौं।’

    उनका अनुसार, कोशी पुल भएर चल्ने सवारी साधन भने रोकिएको छैन।

    ‘अहिले नै सवारी साधन रोक्नुपर्ने अवस्था छैन। बाढीको मापन बढ्यो भने आवश्यकताअनुसार निर्णय भने हुन्छ,’ सीडीओ अर्यालले भने।

    मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सिसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।