काठमाडौँ– कोशी प्रदेश सरकारले स्थानीय तहमा कार्यरत ४३ जना कर्मचारीको अन्तरस्थानीय तह सरुवा गरेको छ ।
प्रदेश सरकार विराटनगरले २०८३ असोज ७ गते प्रदेश सचिवस्तरीय निर्णय गर्दै स्थानीय सरकारी सेवाअन्तर्गत चौथो, पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीको सरुवा गरेको हो ।
अन्तरस्थानीय तह सरुवा अन्तरसरकारी तह सहकार्य तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (१) अनुसार गरिएको प्रदेश सरकारले जनाएको छ ।
सरुवा हुने कर्मचारीहरू कोशी प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत चौथो, पाँचौँ र छैटौँ तहका रहेका छन् ।
प्रदेश सरकारको निर्णयअनुसार कर्मचारीहरूलाई आवश्यकता र व्यवस्थापनका आधारमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा खटाइएको हो ।


