सेयर बजारका सबै सूचक घटे - Chaitanya News
  • 2026-09-23
  • 15:56:40
  • बुधबार,आश्विन ०७, २०८३
  • काठमाडौं– आज (बुधबार) सेयर बजारका सबै सूचक घटेका छन्। परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६.२५ अंक (१.३६ प्रतिशत) घटेको छ। यो कमीपछि नेप्से परिसूचक २६१८ अंकमा कायम भएको छ।

    कारोबार रकम पनि खस्किएको छ। अघिल्लो दिन ७ अर्ब ४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३५ करोडको भयो। जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घट्यो।

    त्यस्तै बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.३१ प्रतिशत घटे। निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार १.२६ प्रतिशत घटे।

    आज जम्मा २३ कम्पनीको मूल्य बढ्दा २५३ को घटेको छ। २ कम्पनीको मूल्य स्थिर रह्यो।

    धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो। त्यस्तै सीवाईसी लघुवित्तको ५.४४, विकास हाइड्रोपावरको ३.५४, बोटलर्स नेपाल बालाजुको ३, मिडसोलु हाइड्रोपावरको २.६४ प्रतिशत मूल्य बढ्यो।

    फर्स्ट माइक्रोफाइनान्सको ८.५४, माउन्ट एभरेस्ट पावरको ५.७२, इङवा हाइड्रोपावरको ५.२२, पियोर इनर्जीको ४.७९ प्रतिशत मूल्य घट्यो।

    आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् तथा घलेम्दी हाइड्रोपावर क्रमश अगाडि रहे।