प्रधानमन्त्री राहत कोषमा हालसम्म मौज्दात रकम करिब १५ अर्ब जम्मा भयो - Chaitanya News
  • 2026-09-21
  • 11:11:46
  • सोमबार,आश्विन ०५, २०८३
  • प्रधानमन्त्री राहत कोषमा हालसम्म मौज्दात रकम करिब १५ अर्ब जम्मा भयो

    प्रधानमन्त्री राहत कोषमा हालसम्म मौज्दात रकम करिब १५ अर्ब जम्मा भयो

    काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ।

    नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु। १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ। सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

    कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रु। ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ।