विराटनगर– नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रदेश सरकार गठन सम्बन्धी केन्द्रमा तीन बुँदे सहमति भएपछि प्रदेशमा सरकार सञ्चालन सम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरिएको छ।
नेकपा संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले सोमबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको हो। न्यूनतम साझा कार्यक्रममा २८ बुँदा रहेका छन्।




