काठमाडौं- वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले आज आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार बसेको चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति स्तरीय बैठकले प्रतिष्ठानअन्तर्गका कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र वीर अस्पताल नर्सिङ क्याम्पसमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।
आइतबार कास्कीको पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनमा ट्रमाका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती र एक छोरासहित दिवङ्गत भएकोमा उनको सम्झनामा आकस्मिक सेवा बन्द गर्ने निर्णय गरेको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चार चालक दलसहित ७२ जना सवार थिए।
![]()