विपद्पछि आफ्ना नागरिक जोगाउन सरकारले हरप्रयास गरिरहेको छ : प्रधानमन्त्री शाह (पूर्णपाठ) - Chaitanya News
  • 2026-09-02
  • 15:09:05
  • बुधबार,भाद्र १७, २०८३
  • विपद्पछि आफ्ना नागरिक जोगाउन सरकारले हरप्रयास गरिरहेको छ : प्रधानमन्त्री शाह (पूर्णपाठ)

    विपद्पछि आफ्ना नागरिक जोगाउन सरकारले हरप्रयास गरिरहेको छ : प्रधानमन्त्री शाह (पूर्णपाठ)

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे गरेका कामकारबाही संसद्‌मा जानकारी गराएका छन्।

    आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्पछि आफ्ना नागरिक जोगाउन सरकारले हरप्रयास गरिरहेको बताएका हुन्।

    प्रधानमन्त्री शाहले जलवायु परिवर्तन भोटेकोशी विपद्‌को प्रमुख कारण रहेको भन्दै यसको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको बताए।

    ‘जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्‌बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो’, प्रधानमन्त्रीले संसद्‌मा भने।