काठमाडौँ– हिजो (बुधबार) बिहान करिब ९ बजे रसुवाको भोटेकोशी नदीमा आएको अचानकको लेदो बाढीका कारण ४०३ जना पर्यटक तथा पदयात्रीहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका प्राप्त विवरण अनुसार बेपत्ता हुनेहरूमा ३ सय ४१ जना विदेशी नागरिक र ६२ जना नेपाली पदयात्री तथा सहयोगी छन्। बेपत्ता हुनेहरूमा २ सय ३ जना पुरुष र २ सय जना महिला छन्।
बेपत्ता हुने विदेशीहरूमा सबैभन्दा बढी भारतका १ सय ३३ जना, अमेरिकाका ४७ जना, अस्ट्रेलियाका ३४ जना, बेलायतका ३३ जना र अन्य २४ देशका ९४ जना नागरिक छन्।
प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले उद्धार टोलीले खोजी तथा भौतिक अवस्था पुष्टि गर्ने काम तीव्र पारेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र पर्यटक प्रहरीको संयुक्त टोली उद्धारमा परिचालन भइसकेका छन्। थप ६५ जना (५२ विदेशी र १३ नेपाली) समेत सम्पर्कविहीन भएको प्रारम्भिक रिपोर्ट आएकाले बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान रहेको बोर्डले जनाएको छ।
यी हुन् सम्पर्कविहीन:
भारत -१३३ जना
नेपाल -६२ जना
अमेरिका -४७ जना
अस्ट्रेलिया – ३४ जना
बेलायत – ३३ जना
क्यानडा -२४ जना
मलेसिया – १९ जना
युक्रेन- ७ जना
सिंगापुर – ६ जना
दक्षिण अफ्रिका – ६ जना
न्युजिल्यान्ड – ५ जना
जापान – ५ जना
जर्मनी- ४ जना
फ्रान्स – ३ जना
आयरल्यान्ड- २ जना
नेदरल्यान्ड्स- २ जना
रूस- २ जना
स्पेन – २ जना
बेलारूस – १ जना
फिनल्यान्ड – १ जना
हंगेरी- १ जना
इजरायल- १ जना
लिथुआनिया -१ जना
पोर्चुगल- १ जना
फिलिपिन्स -१ जना