रास्वपाद्वारा विधान संशोधनका लागि १५ सदस्यीय कार्यदल - Chaitanya News
  • 2026-10-05
  • 03:40:51
  • आइतबार,आश्विन १८, २०८३
  • रास्वपाद्वारा विधान संशोधनका लागि १५ सदस्यीय कार्यदल

    रास्वपाद्वारा विधान संशोधनका लागि १५ सदस्यीय कार्यदल

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ।

    कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ छन्।

    कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।