नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट,आवेदन दिने मिति कहिलेसम्म ? - Chaitanya News
  • 2026-08-14
  • 09:45:07
  • शुक्रबार,साउन २९, २०८३
  • नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट,आवेदन दिने मिति कहिलेसम्म ?

    नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट,आवेदन दिने मिति कहिलेसम्म ?

    काठमाडौँ–  नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि २८० जनाको दरखास्त आह्वान गरेको छ।

    नेपाली सेना भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत अधिकृत क्याडेट पदमा पदपूर्ति गर्न आवेदन माग गरेको हो।

    सूचनाअनुसार कुल २८० पदमध्ये नेपाली सेनाका सन्ततिका लागि १४, महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३९, मधेसीका लागि ३३, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ पद छुट्याइएको छ। बाँकी १४६ पद खुलातर्फका उम्मेदवारका लागि छुट्याइएको छ।

    इच्छुक तथा योग्य नेपाली नागरिकले आजदेखि साउन १८ गतेसम्म नियमित दस्तुर तिरेर आवेदन दिन सक्नेछन्। यस्तै, दोब्बर दस्तुर तिरेर साउन २५ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ।

    अधिकृत क्याडेट पदका लागि आवश्यक योग्यता, उमेरहद, आवेदन प्रक्रिया, परीक्षा तथा छनोटसम्बन्धी विस्तृत विवरण नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

    सेनाले योग्य उम्मेदवारलाई तोकिएको म्यादभित्र आवेदन दिन आग्रह गरेको छ।