शेरबहादुर देउवाले: भने समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ - Chaitanya News
  • 2026-08-14
  • 17:43:35
  • शुक्रबार,साउन २९, २०८३
  • शेरबहादुर देउवाले: भने समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ

    शेरबहादुर देउवाले: भने समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ

    काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको बताएका छन्। सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनले अपिलपत्र जारी गर्दै आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई धन्यवाद भनेका छन्। उनले आफू सेवकका रुपमा उपस्थित भएको पनि भनेका छन्।

    ‘आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु( सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन,’ उनले भने, ‘कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईंहरूमाझ पाँच महिनापछि फर्किएको छु।’