1.क्षेत्रफलको आधारमा सानोबाट ठुलोमा राष्ट्रहरुको सहि क्रम कुन हो ?
A. ब्राजिल, चिन, अमेरिका, रुस, क्यानडा, B. ब्राजिल, चिन, रुस, क्यानडा, अमेरिका
C. ब्राजिल, चिन, अमेरिका, क्यानडा, रुस D. चिन, ब्राजिल, अमेरिका, क्यानडा, रुस
2.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
पर्वत शृङ्खला अवस्थित महादेश
a. एल्सवर्थ 1. युरोप
b. आल्पस 2. अफ्रिका
c. ग्रेटडिभाईडिङ रेन्ज 3. दक्षिण अमेरिका
d. एटलस 4. अन्टर्कटिका
A) a4,b1,c3,d2 B) a4,b1,c2,d3 C) a3,b1,c2,d4 D) a3,b4,c2,d1
3. कुनै समुदायमा एक्कासी धेरै संख्यामा कुनै रोग देखिनुलाई के भनिन्छ ?
A) Endemic B) Pandemic C) Sporadic D) Epidemic
4. विद्युतिय राहदानी इ- पासपोर्ट पाउने पहिलो नेपाली को हुन ?
A. विद्यादेवी भण्डारी B. सत्यमोहन जोशी C. अनुराधा कोईरला D. डा. रामबरण यादव
5. बंगलादेशको पुर्व प्रधानमन्त्री खालिदा जियाको निधन कहिले भयो ?
A) सन् २०२५ डिसेम्बर २० B) सन् २०२५ डिसेम्बर २५
C) सन् २०२५ डिसेम्बर १० D) सन् २०२५ डिसेम्बर ३०
6. यदि 19a + 19b +19c = 437 भए a, b, c को औसत कति होला ?
A) 6.33 B. 7.66 C. 9.33 D. 11.5
7.चार वटा बक्सहरूको तौल 70, 100, 20 र 40 के.जी. छ । एउटा तौललाई एक पटक मात्र प्रयोग गर्न पाईने भए निम्नलिखित मध्ये, बक्सहरूको संयोजनबाट प्राप्त गर्न नसकिने तौल कुन हो ?
A. 230 के.जी. B. 190 के.जी. C. 160 के.जी. D. 200 के.जी.
8.दुई जना मानिसहरू कुनै साझा बिन्दुबाट विपरीत दिशामा 4 मिटर हिँड्छन् र बायाँ फर्केर थप 3 मिटर हिँड्छन् । जब उनीहरू रोकिन्छन्, उनीहरू बीचको दुरी कति हुन्छ ?
A. 8 मिटर B. 10 मिटर C. 14 मिटर D. 16 मिटर
9.यदि पहिलो वर्षमा जनसंख्या वृद्धिदर 30% र दोस्रो वर्षमा सो वृद्धिदर 40% छ भने औसत जनसंख्या वृद्धिदर कति हो ?
A. 31% B. 41% C. 51% D. 54%
10.10 वटा विषयको प्राप्ताङ्कको औसत 80 छ । 2 वटा विषयको सबैभन्दा उच्च र न्यून अंक हटाएपछिको औसत 81 छ । यदि उच्चतम अंक 92 हो भने न्यूनतम अंक कति हो ?
A. 50 B. 60 C. 70 D. 78
11. तल दिइएका भिटामिनहरु मध्ये बोसोमा घुल्ने भिटामिन कुन होईन ?
A. भिटामिन ‘K’ B. भिटामिन ‘E’ C. भिटामिन ‘D’ D. भिटामिन ‘B’
12.DNA का सम्बन्धमा कुन कथन सहि होईन छनोट गर्नुहोस् ।
A) वंशाणु DNA बाट बनेको हुन्छ ।
B) DNA बटारिएको भ¥याङ जस्तो हुन्छ ।
C) DNA राईवोज सुगरबाट बनेको हुन्छ ।
D) DNA ले वंशाणुगत गुणहरु सार्ने काम गर्दछ ।
13.१६ औ योजनमा ५ वर्ष भन्दा माथि साक्षरता दर कति प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ?
A. ७६ प्रतिशत B. ८९ प्रतिशत C. ९५ प्रतिशत D. ८५ प्रतिशत
14. रुसी क्रान्ति हुनुका कारण तल दिइएका मध्ये कुन हो ?
A. वर्ग हिन समाजको स्थापना B. जनचेतनाको विकास
C. आर्थिक समनताको स्थापना D. निजी सम्पति राष्ट्रियकरण हुनु
15. राष्ट्रिय जनगणना २०७८ का अनुसार जनसंख्या बृद्धिदर धनात्मक भएका स्थानीय तहको संख्या कति रहेको छरु
A. २५० वटा B. ३१९ वटा C. ६९ वटा D. ४३४ वटा
16. बविनको घर रमितको घरको उत्तर-पश्चिम दिशामा 50 मिटरको दूरीमा छ । जीवनको घर रमितको घरको दक्षिण-पश्चिम दिशामा 50 मिटरको दूरीमा छ । गोपालको घर जीवनको घरको दक्षिण-पूर्व दिशामा 50 मिटरको दूरीमा छ । रविनको घर गोपालको घरको उत्तर-पूर्व दिशामा 50 मिटरको दूरीमा छ । रविनको घर बविनको घर देखि कुन दिशामा पर्दछ ?
A. उत्तर B. दक्षिण-पूर्व C. दक्षिण-पश्चिम D. दक्षिण
17. अनिश, राजु र रवि खुल्ला मैदानमा बनेको एक समबाहु त्रिभुजका कोणहरूमा उभिएका छन् । राजु, अनिश सम्म पुग्नको लागि 3 कि.मी. हिँड्दछ । अनिशलाई रवि सम्म पुगेर फेरि आफ्नो प्रारम्भिक स्थानमा आउनको लागि कति दूरी हिँड्नुपर्छ ?
A. 3 कि.मी. B. 6 कि.मी. C. 9 कि.मी. D. 12 कि.मी.
18.20 वटा पृष्ठ भएको कनै पुस्तकको एउटा पेज लुप्त भएको छ । बाँकी पृष्ठहरूका पृष्ठ संख्याको योगफल 195 छ । लुप्त पेजका दबै तर्फका पृष्ठ संख्याहरू कुन-कुन हुन् ?
A. 9 र 10 B. 5 र 6 C. 10 र 11 D: 7 र 8
19.एउटा रेल एउटा ठाउँ A बाट बिहान 6 बजे सुरु हुन्छ र अर्को ठाउँ B मा साँझ 4.30 बजे आइपुग्छ । यदि ट्रेनको गति 40 किमी प्रति घण्टा छ भने, ट्रेनले यात्रा गरेको दूरी पत्ता लगाउनुहोस्?
A. 400 km B. 320 km C. 230 km D. 420 km
20.एक खुद्रा विक्रेताले बिक्री मूल्य 25% ले बढाउँछ जसको कारण उसको नाफा प्रतिशत 20% बाट 25% सम्म बढ्छ भने उक्त सामानको लागत मूल्यमा कति प्रतिशत वृद्धि भयो ?
A. 20% B. 30% C. 25% D. 50%
1. C 11. D
2. A 12. C
3. C 13. D
4. B 14. B
5. D 15. B
6. B 16. B
7. D 17. B
8. B 18. D
9. B 19. D
10. B 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100