डियर जाडो मलाई तिमी मनै पर्दैनौं
तिमीबाट टाढा बस्न के-के गरिन मैले
तीन हजारको जाकेट, पच्चीस सयको जुत्ता किने
मोजा, पन्जा, मास्क, टोपी सबै किनेर लगाए
तर, तिम्रो चिसोपनबाट छुट्कारा पाउनै सकिन
त्यसैले डियर जाडो मलाई तिमी मनै पर्दैनौं
तिमीबाट बच्न दैनिक १५ कप चियाको चुस्की लिए
ततो पानी, सुप र घामको धूप लिए
तातै पानीले नुहाए
तर, तिम्रो आक्रमणबाट जोगिनै सकिन
त्यसैले डियर जाडो मलाई तिमी मनै पर्दैनौं
झयाल, ढोका र भेन्टिलेसन बन्द गरे
च्यापचुप गर्दै सिरक गुटुमुटु पारे
तर, तिमीले पछ्याउनै छोडेनौं
प्रेमीप्रेमीकाले पछ्याए झैँ पछ्याइरह्यौं
त्यसैले डियर जाडो मलाई तिमी मनै पर्दैनौं
तिम्रो स्पर्सले मुटु काट्यो, शरीर लगलग भयो
नाकबाट नदी झैँ पानी बगिरह्यो
बोल्नै नसक्नेगरी घाटी अड्की रह्यो
मुटुमा बसेर तिमीले मलाई अस्पताल नै पुर्यौं
त्यसैले डियर जाडो मलाई तिमी मनै पर्दैनौं