काठमाडौँ– आज (बुधबार) ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेका हुन्।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को बैठक बुधबार बिहान साढे ११ बजे बस्ने गरी तय भएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक विषय तथा नीतिगत निर्णयबारे छलफल हुने जनाइएको छ ।