सुनको मूल्य तोलामा पाँच सयले बढ्यो, चाँदीको घट्यो - Chaitanya News
  • 2026-06-14
  • 12:05:24
  • आइतबार,जेठ ३१, २०८३
  • सुनको मूल्य तोलामा पाँच सयले बढ्यो, चाँदीको घट्यो

    सुनको मूल्य तोलामा पाँच सयले बढ्यो, चाँदीको घट्यो

    काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख तीन हजार नौ सय रुपैयाँ तोकिएको छ ।

    उक्त सुन बिहीबार प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय पुगेको छ। अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला आज पाँच रुपैयाँले घटेर एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।