प्रधानमन्त्री शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी - Chaitanya News
  • 2026-08-04
  • 13:38:45
  • मंगलबार,साउन १९, २०८३
  • प्रधानमन्त्री शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

    प्रधानमन्त्री शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

    काठमाडौँ– सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सुदूरपश्चिम प्रदेशका सांसदहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल जारी छ।

    आज (मंगलबार) बिहान ११ बजेदेखि सुरु भएको छलफलमा सुदूरपश्चिम प्रदेशको विकास, बजेट कार्यान्वयन तथा विद्यमान राजनीतिक अवस्थाका विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री शाहसँगको भेटवार्तामा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरि मोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।