अर्थमन्त्री डा.वाग्ले र वाणिज्य बैंकका सीईओहरू आज के विषयमा गर्दै छन् छलफल ? - Chaitanya News
  • 2026-08-04
  • 13:22:13
  • मंगलबार,साउन १९, २०८३
  • अर्थमन्त्री डा.वाग्ले र वाणिज्य बैंकका सीईओहरू आज के विषयमा गर्दै छन् छलफल ?

    अर्थमन्त्री डा.वाग्ले र वाणिज्य बैंकका सीईओहरू आज के विषयमा गर्दै छन् छलफल ?

    काठमाडौँ–  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफल गर्ने भएका छन् ।

    बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरूलाई छलफलका लागि आमन्त्रण गरेको उनको सचिवालयले जनाएको छ।

    अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने जनाइएको छ।