प्रधानमन्त्री र प्रधानसेनापतिबिच भेटवार्ता - Chaitanya News
  • 2026-11-14
  • 09:26:21
  • शनिबार,कार्तिक २९, २०८३
  • प्रधानमन्त्री र प्रधानसेनापतिबिच भेटवार्ता

    प्रधानमन्त्री र प्रधानसेनापतिबिच भेटवार्ता

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बिच मंगलबार १० बजेर ५० मिनेटमा शुरु भएको भेटवार्ता जारी रहेको मन्त्रिपरिषद्को कार्यालयका एकजना अधिकारीले बताए ।

    मंगलबारको भेट नियमित भएको सैनिक अधिकारीहरु बताउँछन्।

    सुनसरी र मधेश प्रदेशमा उत्पन्न दुई समुदायको विवादपछि यसअघि साउन १४ मा प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका थिए। बैठकमा तराई मधेशको दंगा नियन्त्रण गर्नेबारे छलफल भएको थियो।