हेटौँडा– लोक सेवा आयोग, हेटौँडा कार्यालयले खरिदार वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षाका लागि परीक्षा भवन निर्धारण गरेको छ। आयोगले हेटौँडा परीक्षा केन्द्र रोजेका र अनलाइनमार्फत दरखास्त स्वीकृत भएका उम्मेदवारका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको हो।
आयोगका अनुसार विज्ञापन नम्बर १२५०१/०८२–८३ (आन्तरिक प्रतियोगिता) अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) पदको संयुक्त तथा एकीकृत परीक्षा प्रणालीअनुसार सञ्चालन हुने लिखित परीक्षाका लागि विभिन्न विद्यालय तथा क्याम्पसमा परीक्षा भवन तोकिएको छ।
हेटौँडा परीक्षा केन्द्रमा परीक्षा दिने उम्मेदवारले आयोगले प्रकाशित गरेको सूचनाअनुसार आफ्नो परीक्षा भवन यकिन गरी तोकिएको मिति, समय र परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ।
![]()