शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाउने सरकारको निर्णय - Chaitanya News
  • 2026-09-06
  • 15:52:01
  • आइतबार,भाद्र २१, २०८३
  • शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाउने सरकारको निर्णय

    शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाउने सरकारको निर्णय

    काठमाडौँ– सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

    आज (बुधबार) अर्थ मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। शुल्क लागू भएपछि विभिन्न क्षेत्रबाट विरोध र जनगुनासो बढेपछि सरकारले निर्णय पुनरावलोकन गरेको हो।