पछिल्लो २४ घण्टामा ६६ वटा विपद् घटना,५२ जिल्ला प्रभावित - Chaitanya News
  • 2026-07-22
  • 10:02:07
  • बुधबार,साउन ०६, २०८३
  • पछिल्लो २४ घण्टामा ६६ वटा विपद् घटना,५२ जिल्ला प्रभावित

    पछिल्लो २४ घण्टामा ६६ वटा विपद् घटना,५२ जिल्ला प्रभावित

    काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्का ६६ वटा घटना घटेका जानकारी दिएको छ । विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन्।

    सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

    प्राधिकरणको तथ्यांकअनुसार, सर्प दंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल वर्षा १०, चट्याङ र जनावर आक्रमणका एकरएक र भूकम्पका दुई वटा घटना भएका छन्। विपद्का कारण रु १० लाख ७४ हजार ५०० बराबरको क्षति भएको छ। सात स्थानमा सडक अवरोध भएको थियो।

    वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। बाढी पहिरो जान सक्ने जोखिमयुक्त स्थानमा नजान, मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सबैलाई ध्यानाकर्षण गराएको छ।