काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल संरक्षणका लागि जलस्रोतमाथि कानूनी नियमन गर्नुपर्ने बताएका छन्।
आज (मंगलवार) सिंहदरबारमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सात प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले बढ्दो प्रदूषणका कारण जलस्रोतहरू नष्ट हुँदै गएको भन्दै त्यसको नियमनसम्बन्धी व्यवस्था जलस्रोत विधेयकमा व्यवस्था गरिएको बताए। उनले जल संरक्षणका लागि कानून निर्माण सँगसँगै समानान्तर रूपमा जनचेतना समेत अभिवृद्धि गर्न आवश्यक रहेको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल संरक्षणका लागि जलस्रोतमाथि कानूनी नियमन गर्नुपर्ने बताएका हुन्। मंगलवार सिंहदरबारमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सात प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले बढ्दो प्रदूषणका कारण जलस्रोतहरू नष्ट हुँदै गएको भन्दै त्यसको नियमनसम्बन्धी व्यवस्था जलस्रोत विधेयकमा व्यवस्था गरिएको बताए। उनले जल संरक्षणका लागि कानून निर्माण सँगसँगै समानान्तर रूपमा जनचेतना समेत अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।