लक्ष्मी बैंक लिमिटेडको साधारण सभा सम्पन्न - Chaitanya News
  • 2026-06-16
  • 21:43:46
  • मंगलबार,आषाढ ०२, २०८३
  • लक्ष्मी बैंक लिमिटेडको साधारण सभा सम्पन्न

    लक्ष्मी बैंक लिमिटेडको साधारण सभा सम्पन्न

    काठमाडौं– लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारण सभा आज (पौष २८ गते, बिहीबार) काठमाडौंमा सम्पन्न भएको छ।

    साधारण सभाले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०७९–८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ।

    आर्थिक वर्ष २०७८–७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ। सो आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।