लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-07-14
  • 13:24:02
  • मंगलबार,आषाढ ३०, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.नेपाल प्रिमियर लिगको २०८२ को फाईनल खेल कुन कुन टिम बिच भएको थियो ?
    A.विराटनगर र सुदुरपश्चिम     B.जनकपुर र सुदुरपश्चिम      C. काठमाडौँ र सुदुरपश्चिम    D.लुम्बिनी र सुदुरपश्चिम

    2. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार निरपेक्ष गरिबी कति प्रतिशत रहेको छ ?
    A) 12.12%          B) 25.20%         C) 19.27%            D) 20.27%

    3. सन् २०२६ मा हुन गईरहेको २३ औँ पुरुष फिफा विश्वकप प्रतियोगितामा एसियाली छनोट (AFC Qualifiers) बाट पहिलो पटक विश्वकपमा सहभागी हुन छनोट भएर इतिहास रच्ने राष्ट्रहरू कुन–कुन हुन् ?
    A. कतार र ओमान        B) उज्बेकिस्तान र जोर्डन         C) जोर्डन र भियतनाम      D) उज्बेकिस्तान र थाइल्याण्ड

    4.ASEAN Way (आसियान शैली) भन्नाले मुख्यतया केलाई बुझाउँछ?
    A.सदस्य राष्ट्रहरूबीच साझा मुद्रा (Common Currency) र खुला सिमानाको प्रयोग।
    B.सुरक्षा मामिलामा एकले अर्कोलाई सैन्य सहयोग गर्ने अनिवार्य सम्झौता।
    C.राष्ट्रिय सार्वभौमसत्ताको सम्मान, अहस्तक्षेप र सहमतिमा आधारित सहयोगको अनौपचारिक पद्धति।
    D. सबै सदस्य राष्ट्रहरूका लागि एउटै राजनीतिक प्रणाली र कानून लागू गर्ने प्रक्रिया।

    5. गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्रफल कति रहेको छ ?
    A) 2185km2                  B) 2179 km2         C) 2289km2          D) 3035km2

    6. संयुक्त राष्ट्र संघ (UNO)को स्थापना कुन सम्मेलनले गरेको हो ?
    A.याल्टा सम्मेलन, 1945             B.सनफ्रान्सिस्को सम्मेलन, 1945
    C.व्रेटनउड्स सम्मेलन, 1945      D.डम्वर्टन ओक्स सम्मेलन, १९४५

    7. वैज्ञानिक र सिद्धान्तको बारेमा कुन जोडा गलछ छ पहिचान गर्नुहोस् ।
    A. आईन्सटाईन – Velocity addition Theory
    B. थि.म्याक्सवेल – Quantum Theory
    C. आर्किमिडिज – buoyancy force
    D. स्टेफन हकिङ – A Brief Story of Time

    8. तलका मध्ये प्रोटोजोवाबाट सर्ने रोग कुन होईन् ?
    A) sleeping sickness                  B) Kalazar
    C) Dysentery Infection              D) Athlete’s foot Infection

    9. तलका देशहरुको बारेमा विचार गर्नुहोस् । र कर्कट रेखाले छुने देशहरुको पहिचान गर्नुहोस् । 
    1. भारत         2. चीन         3. बंगलादेश     4. म्यानमार       5. ओमन         6. साउदी अरव        7. इण्डोनेसिया
    A) 1234567              B) 12567                  C) 123456            D) 13267

    10. तलका भनाइहरु अध्ययन गर्नुहोस् ।
    १) रेडियो नेपालको स्थापना
    २) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना
    ३) जयतुसंस्कृतम् आन्दोलन
    ४) कागजी नोटको सुरुवात
    यी घटनाहरु घटेको मिति अनुसार अघिल्लोबाट पछिल्लो क्रममा मिलाउँदा कुन कोड सही हुन्छ ?  
    A. ४–२–३–१             B. ४–१–२–३               C. ४–२–१–३            D . २–१–३–४

    11. एउटा कम्पनीमा कर्मचारी 3:2 को ratio मा घटाउदा प्रत्येक कर्मचारीको आम्दानी 4:5 को ratio मा बढ्छ यसो गर्दा कम्पनीलाई रु. 12000 फाइदा (बचत) हुन्छ भने शुरुमा कम्पनीको खर्च कति थियो ?
    A) 62000                 B) 60000                   C) 50000               D) 72000

    12. दुईटा साइ‌कल मा किनेर प्रत्येकलाई रु.1980 मा बेच्दा एउटामा 5% नाफा, अर्कोमा 5% नोक्सान भएछ भने कुल कारोवारमा कति % नाफा वा नोक्सान भएछ ?
    A) 1% नेक्सान             B) 1% नाफा                 C) 1/4% नेक्सान          D) 1/4% नाफा

    13. एक पसलेले प्रति किलो ३० रुपैयाँ पर्ने ६० किलो चिनीलाई प्रति किलो ४० रुपैयाँ पर्ने ९० किलो चिनीसँग मिसाउँछ । २०% नाफा कमाउन उसले कुन दरमा मिश्रण बेच्नुपर्छ?
    A) Rs.30 per kg        B) Rs.34 per kg        C) Rs.43.2 per kg         D) Rs 38 per kg

    14. एउटा परिवार घुम्न निस्कन्छन दूर्भाग्य भनौ 13 दिन पानी पार्यो जव तिनीहरु भ्रमणमा थिए, विहान पानी परेको दिन दिउसो घुमे, दिउसो पानी परेको दिन विहान घुमे, यदि 11 दिन बिहान घुमे र 12 दिन दिउसो घुमे भने कति दिन भ्रमणमा निस्किएका रहेछन् ?
    A) 15                            B) 18                      C) 20                       D) 25
    15. एउटा कमिला पहिलो दिन 10m चढ्छ रातमा 1m तल झर्छ । सो कमिला दोस्रो दिन 10m चढ्छ रातमा 2m तल झर्छ । सो कमिला तेस्रो दिन 10m चढ्छ रातमा 3m तल झर्छ । सो कमिला चौथो दिन 10m चढ्छ रातमा 4m तल झर्छ ।
    यसरी क्रमशः चढ्ने झर्ने गर्दा 55m अग्लो शिखर कति दिनमा चढ्छ ?
    A) 10                            B) 11                         C) 9                        D) कहिले पनि शिखर पुग्दैन
    16. A र B एउटै स्थानबाट ठीक विपरित दिशा तर्फ अगाडि बढ्छन 1km हिडे पछि हरेक पल्ट A दाँया फर्कन्छ र 1km हिडे पछि हरेक पल्ट B बायाँ फर्कन्छ भने शुरुकै स्थानमा पूनः आइपुग्न कति हिड्नु पर्छ ?
    (A) दुवैले समान 4 km हिड्न पर्छ                      B) दुवैले समान 3km हिड्न पर्छ
    C) दुवैले समान 5km हिड्न पर्छ                        D) जति हिडे पनि शुरुमा विपरित स्थान तर्फ गएकोले तिनीहरुको भेट हुदैन

    17. ट्‌याक्सीमा यात्रा गर्दा केही शुल्क आधारभूत शुल्क छ र केही चाहि यात्रा तय भएको आधारमा लाग्ने गर्दछ । 16 km यात्रा गर्दा जम्मा रु. 156 तिर्छु, 24 km यात्रा गर्दा जम्मा रु. 204 तिर्छ भने 30 km यात्रा गर्दा जम्मा कति रु. तिर्छ ?
    A) रु.236                  B) रु.240                   C) रु.2485                  D) रु.252

    18. तीन वटा संख्याको वर्गहरु को योग 138 छ, ती तीन मध्ये कुनै २ वटा सख्याहरुको गुणनको योग 131 छ भने ती तीनवटा संख्याको योगफल कति हुन्छ ?
    A) 20                        B) 30                            C 40                         D) None.

    19. आयतको लम्बाई 60% ले वृ‌द्धि गर्दा एउटै क्षेत्रफल कायम राख्न चौडाइ कति प्रतिशतले घटाउनुपर्छ ?
    A. 37.5%                    B. 60%                       C. 75%                       D. 120%

    20. दुई पाइप A र B क्रमशः 12 मिनेट र 16 मिनेटमा एक ट्यांकी भर्न सक्छन् । यदि दुबै पाइपहरु एकसाथ खोलिएका छन् भने, कति समय पछि, B बन्द गर्नुपर्छ ताकि ट्याकी 9 मिनेटमा भरिन्छ ?
    A. 3 मिनेट                    B. 4 मिनेट                  C. 4.5 मिनेट                D. 5 मिनेट

    उत्तरः

    1. D 11. D
    2. D 12. C
    3. B 13. C
    4. D 14. B
    5. B 15. A
    6. B 16. A
    7. D 17. B
    8. D 18. A
    9. C 19. A
    10. A 20. B