सरकारले दियो एकैदिन ३३ अर्ब सरकारी भुक्तानी - Chaitanya News
  • 2026-07-10
  • 09:50:37
  • शुक्रबार,आषाढ २६, २०८३
  • सरकारले दियो एकैदिन ३३ अर्ब सरकारी भुक्तानी

    सरकारले दियो एकैदिन ३३ अर्ब सरकारी भुक्तानी

    काठमाडौँ– आर्थिक वर्ष २०८२–८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्बको भुक्तानी दिएको छ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार, सरकारी भुक्तानीको लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको छ।

    यसमध्ये चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्था अन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।