धान खेतीका लागि मल आपूर्तिमा समस्या हुन दिँदैनौं : मन्त्री चौधरी - Chaitanya News
  • 2026-07-07
  • 16:08:32
  • मंगलबार,आषाढ २३, २०८३
  • धान खेतीका लागि मल आपूर्तिमा समस्या हुन दिँदैनौं : मन्त्री चौधरी

    धान खेतीका लागि मल आपूर्तिमा समस्या हुन दिँदैनौं : मन्त्री चौधरी

    काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी धान खेतीका लागि आवश्यक रासायनिक मलको व्यवस्थापन गरिएको बताएकी छन्।

    आज (मंगलबार) राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले धान बालीको उत्पादन प्रभावित हुन नदिन आवश्यक मल उपलब्ध गराउने तयारी गरिएको जानकारी दिएकी हुन्।

    उनले मल आपूर्तिसम्बन्धी समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न संघीय र प्रदेश तहका सम्बन्धित मन्त्रालयमा सम्पर्क व्यक्तिको व्यवस्था गरिएको बताइन्।

    मन्त्री चौधरीका अनुसार मल खरिद तथा व्यवस्थापनका लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता अर्थ मन्त्रालयबाट प्राप्त भएको छ। उनले किसानलाई आवश्यक समयमा मल उपलब्ध गराउने विषयमा सरकार संवेदनशील रहेको उल्लेख गरिन्।