नेपाल टी–२० लिग उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-05
  • 08:06:41
  • शुक्रबार,जेठ २२, २०८३
  • नेपाल टी–२० लिग उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

    नेपाल टी–२० लिग उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

    काठमाडौं– नेपाल टी–२० लिगको उपाधि जित्नका लागि विराटनगर सुपर किंग्सले १ सय ३४ रनको लक्ष्य पाएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी अल स्टार्स ४ बलअगावै १ सय ३३ रनमा अलआउट भयो।

    लुम्बिनीका ओपनर हरमित सिंह र लाहिरु मिलान्थाले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे। १८ बलमा ३ चौका र २ छक्का हानेका हरमित ३० रनमा क्याच आउट भए।

    लाहिरु ४१ रनमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै फर्के। लाहिरुले २८ बलमा ३ चौका र ३ छक्का हाने।

    कुशल भुर्तेल १ रनमा आउट भए। कप्तान दिपेन्द्र सिंह ऐरी २० र इसान पाण्डे १८ रनमा पवेलियन फर्के। विपुल शर्माले ५, गुल्सन झाले ३ तथा सेड्ली भानले १ रन थपे।

    लुम्बिनीका ७ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। विराटनगरका नन्दन यादव र राज नन्ननले समान २ विकेट लिए। कियोन जोसेप, सुर्य तामाङ र रोहित पौडेलले एक(एक विकेट लिए।

    लिगको उपाधि विजेताले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३० लाख रुपैयाँ हात पार्नेछ।