केपी ओलीले भने: देश बर्बाद भएपछि खेलाडीले केही गर्न सक्दैन, नेपालको हालत यही भएको हो - Chaitanya News
  • 2026-06-30
  • 16:44:21
  • मंगलबार,आषाढ १६, २०८३
  • केपी ओलीले भने: देश बर्बाद भएपछि खेलाडीले केही गर्न सक्दैन, नेपालको हालत यही भएको हो

    केपी ओलीले भने: देश बर्बाद भएपछि खेलाडीले केही गर्न सक्दैन, नेपालको हालत यही भएको हो

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओलीले नेपाली खेलाडीको शारीरिक विकासमा ध्यान दिनुपर्ने बताएका छन्। नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले खेल विकासमा ध्यान नदिएको टिप्पणी गरे।

    ‘खेल विकासका लागि सिंगै नेपालीको हाइट बढाउनुपर्ने छ। खेलाडी खान नपाएर कमजोर हुने स्थिति हुनुहुँदैन। यतापट्टि सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘यहाँ त सरकार हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध गर्नेतिर लागेको छ। यसलाई टुप्पोमा परिवर्तन खोजेर हुँदैन। जरैदेखि हुनुपर्छ।’

    उनले एन्फालाई प्रतिबन्धबाट मुक्त गरेर नेपाली खेलाडीको नाम विश्वमा चम्काउनेतर्फ ध्यान दिन पनि महासंघलाई आग्रह गरे। देशै बर्बाद भएको कारण खेलाडीले मात्रै देशलाई अगाडि लैजान नसक्ने ओलीको भनाइ छ।

    उनले जेनजी आन्दोलनलाई हिंसाको रुपमा टिप्पणी गरे ।

    ‘देशै बर्बाद भएको छ भने खेलमात्रै कसरी अगाडि जान्छ। नेपालको हालत त्यही भएको त हो,’ उनले भने, ‘भूइँचालो, कोभिडले ध्वस्त पार्‍यो हामीले उकास्ने प्रयास गर्‍यौं। तर यो कुरा सैह्य भएन। तर तोडफोड हत्या हिंसा मच्याइयो। यसलाई वैधानिकता दिने काम भइरहेको छ।’

    उनले सबैभन्दा माथि देश रहेको बताए। ‘हामी विस्तारै साँच्चै सबै नेपालीले न्याय पाउने नेपाल, सबैलाई माया गर्ने व्यवस्था प्रणालीबाट अघि बढ्नेछौं । लभ आवर कन्ट्री, लभ आवर नेशन,’ उनले भने,’देशभन्दा ठूलो केही छैन। त्यस पहिले हो। देशभन्दा माथि केही छैन।’