पूजा र ध्रुव रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, यस्तो छ अद्यावधिक विवरण - Chaitanya News
  • 2026-08-15
  • 17:46:09
  • शनिबार,साउन ३०, २०८३
  • पूजा र ध्रुव रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, यस्तो छ अद्यावधिक विवरण

    पूजा र ध्रुव रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, यस्तो छ अद्यावधिक विवरण

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पूजा बास्तोला र ध्रुव थापामगरलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ। असार ७ देखि १२ गतेसम्म चितवनमा भएको रास्वपाको प्रथम महाधिवेशनमा बास्तोलाले प्रतिस्पर्धीको भन्दा बढी मत ल्याएर पनि आयोगले निर्वाचित घोषणा गरेको थिएन।

    यसैगरी समावेशीबाट उम्मेदवारी दिएका थापामगरलाई आयोगले निर्वाचित घोषणा गरेको थिएन। बढी मत ल्याएर पनि निर्वाचित घोषणा नगरेकोमा बास्तोला र थापामगरले आयोगमा उजुरी दिएका थिए। त्यही उजुरीका आधारमा सोमबार बसेको आयोगको बैठकले दुवै जनालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्णय गरेको हो। आयोगका सदस्य गोकुल सापकोटाका अनुसार प्राविधिक त्रुटिका कारण उनीहरूको नाम छुटेको हो।

    ‘प्राविधिक त्रुटिका कारण त्यस्तो भएको हो। पुजाजीको हकमा समावेशी मिलाउन खोज्दा समस्या देखियो। गण्डकी प्रदेश गुरुङको बाहुल्यता भएको प्रदेश हो’, सापकोटाले भने, ‘त्यसैले विष्णु कुमारी गुरुङ (एकता)लाई ल्याउन खोजिएको थियो। तर उजुरी परेपछि अध्ययन गर्दै जाँदा उहाँ (पूजा) ले धेरै मत ल्याउनु भएको रहेछ। त्यही आधारमा त्रुटि सच्याएका हौँ।’

    मतदानमा बास्तोलाले ९१३ मत ल्याएकी थिइन्। तर उनको नाम समावेश नगरी बागलुङ–२ बाट निर्वाचित सांसद रहेका सोम शर्मालाई केन्द्रीय सदस्य बनाइएको थियो।

    यस्तो छ अद्यावधिक विवरण: