‘ लुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंगबीच कार्यगत एकता आवश्यक’ : सभामुख अर्याल - Chaitanya News
  • 2026-06-30
  • 14:21:52
  • मंगलबार,आषाढ १६, २०८३
  • ‘ लुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंगबीच कार्यगत एकता आवश्यक’ : सभामुख अर्याल

    ‘ लुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंगबीच कार्यगत एकता आवश्यक’ : सभामुख अर्याल

    काठमाडौँ– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता तथा समान सोच आवश्यक रहेको बताएका छन्।

    आज (मंगलबार) ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले राज्यका तीनै अंगको ‘गति र भावना’ एकै दिशामा अघि बढे मात्र जनअपेक्षाअनुसारको परिणाम हासिल गर्न सकिने बताएका हुन्।

    उनले संविधानको अक्षरशः पालना र कानुनी राज्यको सिद्धान्तलाई कुनै पनि अवस्थामा कमजोर बनाउन नहुने स्पष्ट पारे।