जर्मनीलाई ४–३ ले हराउँदै पारग्वे अन्तिम १६ मा प्रवेश - Chaitanya News
  • 2026-06-30
  • 10:23:46
  • मंगलबार,आषाढ १६, २०८३
  • जर्मनीलाई ४–३ ले हराउँदै पारग्वे अन्तिम १६ मा प्रवेश

    जर्मनीलाई ४–३ ले हराउँदै पारग्वे अन्तिम १६ मा प्रवेश

    काठमाडौँ– मेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा चार पटकको विजेता जर्मनीलाई ४–३ ले पराजित गर्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

    पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन्। जर्मनी विश्वकपमा पेनाल्टीसुटआउटमा पराजित भएको यो पहिलो पटक हो।

    सन् २००२ मा जापानमा कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला समेत लिएको छ।

    निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो। जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो।

    पाराग्वेल अब फ्रान्स र स्वीडेनबीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ। जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता बनेको छ। यसअघि ने उरुग्वे समूह चरणबाट बाहिरिसकेको छ।

    पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टीसुटआउटमा गोल गरे।

    जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे।