वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड - Chaitanya News
  • 2026-06-28
  • 18:17:46
  • आइतबार,आषाढ १४, २०८३
  • वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

    वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन्।

    नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे।

    उनले आजको भोलि नै पार्टी एकता गर्न लागेको नभए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताए।

    ‘हामीले ढिलो नगरी भन्न चाहन्छु, राष्ट्रिय स्वाधिनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदिशक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ। यसलाई ढिला गर्न गल्ती हुन्छ,’ संयोजक प्रचण्डले भने।

     

    साथै, उनले विचार मिल्नेहरू एकता गर्न ढिला गर्दा ठूलो दुर्भाग्य हुनसक्ने बताए।

    ‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भन्छन्, मलाई अनौठो लाग्छ। मैले आजै भोलि नै पार्टी एकता गरौं भनेको पनि छैन। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ,’ प्रचण्डले भने।

    उनले वर्तमान सरकार संविधानका आधारभूत विषयमा प्रहार गर्नेतिर उद्धत रहेको आरोप लगाए।
    ‘सरकार संविधानका आधारभूत कुरामा प्रहार गर्ने, उत्पिडीत समुदायमाथि प्रहार गर्न उद्धत भएको देखिंदै गएको छ। यो सबैको तार्गेट मूल कुरा कम्युनिस्ट आन्दोलनलाई कसरी सकाउने रु भन्नेतिर छ,’ प्रचण्डले भने।