यी हुन् समूह चरणबाटै बाहिरिने टोली, उरुग्वे जितविहिन - Chaitanya News
  • 2026-06-28
  • 12:53:03
  • आइतबार,आषाढ १४, २०८३
  • यी हुन् समूह चरणबाटै बाहिरिने टोली, उरुग्वे जितविहिन

    यी हुन् समूह चरणबाटै बाहिरिने टोली, उरुग्वे जितविहिन

    काठमाडौं– फिफा विश्वकप २०२६ को समूह चरणका सबै ७२ खेल सकिएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लाग्दा १६ टोली भने समूह चरणबाटै बाहिरिएका छन्।

    जसमा दुई पटकको पूर्व विजेता उरुग्वे पनि जितविहिन रहँदै समूह चरणबाटै बाहिरियो।

    यस पटक टिम संख्या बढाएर ४८ पुर्‍याउँदा समूह विजेता र उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट ८ टोली पनि नकआउट चरण पुग्ने प्रावधान थियो। तर त्यति हादा पनि उरुग्वे अघि बढ्न सकेन।

    १२ समूहमा विभाजन गरेर समूह चरणको खेल खेलाइएको थियो। जसमा १२ वटै समूहको चौथो स्थानमा रहने १२ टोली र तेस्रो हुने मध्ये उत्कृष्ट ८ मा नपरेका ४ गरी १६ टोलीको विश्वकप यात्रा समूह चरणमै सकिएको हो।

    तेस्रो भएर छनोट हुन असफल टोलीमा उरुग्वे, दक्षिण कोरिया, इरान र स्कटल्यान्ड रहे।

    यस्तै हरेक समूहको अन्तिममा रहने टोलीहरुमा चेक रिपब्लिक, कतार, हाइटी, टर्किए, कुरासाओ, ट्युनिसिया, न्युजिल्यान्ड, साउदी अरेबिया, इरान, जोर्डन, उज्वेकिस्तान र पानामा छन्।