काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन्। खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा सबैभन्दा धेरै मत डा.स्वर्णिम वाग्लेले पाएका छन्। उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २ हजार ६५६ मत पाएका छन्। यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन्।
![]()
![]()
![]()
![]()
![]()