मंगलबार सेयर बजार २१.३५ अंकले घट्यो - Chaitanya News
  • 2026-06-16
  • 06:22:16
  • मंगलबार,आषाढ ०२, २०८३
  • मंगलबार सेयर बजार २१.३५ अंकले घट्यो

    मंगलबार सेयर बजार २१.३५ अंकले घट्यो

    काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ। नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ।

    सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो।

    साथैै, मंगलबार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब भन्दा बढीको सेयर कारोबार भएको छ।
    यस्तै,आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। साथै दोश्रोमा एपीआइ पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ। यता, आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो।

    यस्तै, कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ। ६ कम्पनी भने स्थीर रहेको छ।