काठमाडौँ– पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ६ जना पदाधिकारीमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्।
बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ।
रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन्। ती मध्ये ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ।